अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाद्वारा मंगलग्रहमा अन्तरिक्ष यानको सफल अवतरण

82
नासा मार्स मिसन

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा नयाँ रोबोट अवतरण गराएको छ । रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहको सतहमा सात मिनेट सो रोबोट नाटकीय रुपमा तैरिएपछि सफलता पूर्वक अवतरण भएको थियो । पृथ्वीबाट मंगल ग्रहमा मानव वस्ती बसाल्ने लक्ष्यका साथ अध्ययन र परीक्षण भइरहेको छ । नेपाली समय अनुसार गए राति १२ बजे अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको सो अन्तरिक्ष यानले मंगलग्रहको भित्री सतहका बारेमा जानकारी पठाउने नासाले जनाएको छ । मंगल ग्रहमा अवतरण गरेपछि सो रोबोटले पहिलो तस्बीर पठाएको छ । मंगल ग्रहमा नयाँ रोबोट अवतरण गर्न सफल भएपछि क्यालिफोर्नियामा अवस्थित नासाको मिसन कस्ट्रोलमा वैज्ञानिकहरुले खुसीयाली मनाएका छन् । यो सफलतालाई नासाका प्रमुखले ठूलो खुसीको अवसर भएको बताएका गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विज्ञान र प्रविधिले हासिल गरेको सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here