सुदिप बुढाथोकी र खगेन्द्र रेगामीको जोडी सेमिफाईनलमा

108
सुदिप बुढाथोकी

काठमाडौंमा जारी अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगिता अन्तरगत हिजो भएको खेलको कर्पोरेट डबल्स पुरुषतर्फ नेपाल टेलिभिजनका सुदिप बुढाथोकी र खगेन्द्र रेगामीको जोडी सेमिफाईनलमा पुगेका छन् ।

यसैगरी पुरुष खुल्ला र कर्पोरेट डबल्सतर्फ राम राई र सुरज महर्जन तथा राम राई र विमल श्रेष्ठको जोडीले क्वाटर फाईनलको यात्रा तय गरेका छन् । २ दिन अघि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषको सिंगल्स,  डबल्स, मिक्स डबल्स प्रतिस्पर्धा भएका हुन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको प्रतिस्पर्धामा अण्डर नाईन्टिन तथा भेट्रानका साथै एक्जेक्युटिभ समूहका प्रतिस्पर्धा पनि भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राष्ट्रिय खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।

सातै प्रदेश, भारत र पाकिस्तानका विभिन्न क्वब, वित्तिय संस्था तथा कर्पोरेट कम्पनीका गरी करीव ३ सय प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here