सुनसरी जिल्लाका प्रमुख नगरक्षेत्रमा कार्यकारी प्रमुखहरु नहुँदा दैनिक काम कारबाहीमा बाधा

91
कर्मचारी अभाव

सुनसरी जिल्लाका प्रमुख नगरक्षेत्रमा नै कार्यकारी प्रमुखहरु नहुँदा दैनिक काम कारबाहीमा नै बाधा पुगेको छ । जिल्लाका प्रमुख नगरहरु इटहरी र धरान उपहानगरपालिकामा विगत लामो समयदेखि कार्याकारी प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । गत असोजमा धरान उपमहानगरपालिका कार्याकारी अधिकृत विदा वसेका र इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत एक साताअघि सरुवा भएपछि सेवाग्राही काम नै नगरी घर फर्किनुपर्ने अवस्था आएको छ । कामको चाप भएको वेला सुनसरीका दुई उपमाहानगरपालिकामा कार्याकारी अधिकृत नहुदा लेखाको सम्पूर्ण काम रोकिएको छ भने महत्वपूर्ण सिफारिस समेत हुन सकेको छैन । कार्यकारी प्रमुखको अभावमा नगरले लगाउने अतिआवश्यक ठेक्कापट्टा लगाउन सकिएको छैन भने घरनक्सा सिफारिसमा समेत अवरोध भएको छ । त्यस्तै नगरपरिषद्ले पारित गरेका निर्णयहरु समेत कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here