भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु

118
हनुमन्ते कोरिडोर सुरु

भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि ८१ करोड रुपैयाँको लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिनुभयो । हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको हो । बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले दुई किलोमिटर नदी क्षेत्रमा करिडोर निर्माण थालेको हो । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कूल लम्बाइ नौ किलोमिटर रहेको छ । करिडोर निर्माणका लागि हनुमन्ते नदीलाई चार भागमा विभाजन गरी करिडोर निर्माणको प्याकेज तयार गरिएको र पहिलोचरणमा दुई किमि नदी क्षेत्रमा काम शुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here