काठमाडौको कोटेश्वर-कलंकी सडकको निर्माणकार्य पूरा

224
कोटेश्वर-कलंकी सडक

काठमाडौको कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह् लगाउने काम भइरहेको छ । कोटेश्वर-कलंकी सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ । तर नेपाल सरकारका तर्फबाट बनाइनुपर्ने केही आकाशे पुलको काम भइरहेको छ भने केहीको ठेक्का प्रक्रियामै छ । कोटेश्वर कलंकी सडकको निर्माण ४ वर्ष पहिले ४० महीनामा निर्माण सम्पन्न गर्ने गरी सुरू भएको थियो । सडक अन्तर्गत नेपालमै पहिलोपटक बनेको कलंकीको अन्डरपास पनि संचालनमा आइसकेको छ । यसैबीच चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here