अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट कार्यान्वयनमा विशेष ध्यान दिन सरोकारवाला निकायका प्रतिनिधिहरुलाई निर्देशन

48
प्रदेश अर्थमन्त्री बैठक

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट कार्यान्वयनमा विशेष ध्यान दिन सरोकारवाला निकायका प्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।  अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्त परिषदको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर खतिवडाले संघ र प्रदेशले गर्ने कतिपय कार्यक्रममा अन्यौल उत्पान्न भएपनि ति समस्या छिटै समाधान हुने बताउनु भयो । साथै अर्थमन्त्री डाक्टर खतिवडाले बजेट कार्यान्वयन, राजश्व र करका सम्बन्धमा उत्पान्न दुविधा हटाउन सरकारद्वारा गठित समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।  बैठकमा सातै प्रदेशका अर्थमन्त्री र मन्त्रालयका पदाधिकारीको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here