प्रधानमन्त्रीलाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रदान गरिएको पुरस्कारमा त्यति नै रकम थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय

51
क्याबिनेट पत्रकार

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ युनिभर्सल पिस फेडरेशनले प्रदान गरेको असल नेतृत्व तथा शुसासन अवार्डमा प्राप्त रकममा सोहि वरावरको रकम थप गरेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सो जानकारी दिनु भएको हो ।   त्यसैगरी मन्त्रीपरिषद बैठकले ललीतपुरको सैवु अवास क्षेत्रमा १ सय ४९ रोपनि जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपfध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माण गर्ने भएको छ । सोही ठाउँमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालयको लागि १४ वटा भवन निर्माण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सञ्चार मन्त्री बास्कोटाले बताउनुभयो ।

त्यसैगरी पुल्चोक स्थित मन्त्री निवास परिसरमा १० वटा राजकिय अतिथि गृह निर्माण गर्ने र सोका लागि मन्त्री निवासको जग्गा अपुग भए नेपाल राष्ट्रिय पुस्तकालयको छेवैको सरकारी जग्गा उपयोग गर्ने निर्णय सरकारले गरेको छ ।  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेश कुमार पोखरेललाई नियुक्त गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिनु भयो । त्यसैगरी बैठकले महाकवि लक्ष्मी प्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको छ।  काठमाण्डौ उपत्यकाको फोहोर मैला व्यवस्थापनका लागि नुवाकोटको बन्चरे डाँडाँमा निर्माण गर्नु पर्ने १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार सहितको ल्याण्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here