जलवायु परिवर्तन सम्बन्धी पोल्याण्डमा आयोजित विश्व सम्मेलनमा सहभागी भइ राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

85
राष्ट्रपति स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तन सम्बन्धी पोल्याण्डमा आयोजित विश्व सम्मेलन कोप-24 मा सहभागी भएर आज स्वदेश फर्कनु भएको छ ।   राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु तथा उच्च पदस्थ अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका प्रतिनिधि सहभागी सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा राख्नु भएको थियो । पोल्याण्डमा रहँदा राष्ट्रपति भण्डारी विभिन्न उच्चस्तरीय भेटवार्तामा समेत सहभागी हुनुभएको थियो। राष्ट्रपति भण्डारी गत शनिवार पोल्याण्ड प्रस्थान गर्नु भएको थियो । 

राष्ट्रपतिको प्रतिनिधि मण्डलमा सहभागी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु सम्बन्धी कोप सम्मेलनमा राष्ट्रपतिले नेपाल जस्ता कार्वन उत्सर्जनमा कुनै पनि भूमिका नभएका मुलुकले त्यसको दुश्प्रभावको परिणाम भोग्नु परेको धारणा राख्नु भएको जानकारी गराउनु भयो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोप २४ सम्मेलनको मूल उद्देश्य पेरिस सम्झौताको कार्यान्वयन र विश्वको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियसबाट बढ्न नदिने रहेको बताउनु भयो । यसैगरी कार्वन उत्सर्जन गर्ने मुलुकहरुले कोष खडा गरी सो रकम बाट नेपालजस्ता गरिब देशहरुमा पर्यावरण र जलवायु परिवर्तनले पारेको प्रभाव न्युनिकरणका लागि खर्च गर्ने सहमति भएको पनि उहाँले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here