सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल

89
नेपाल बंगलादेश फुटबल

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछन् । पहिलो खेलमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईजसंग खेल्नेछ । अर्को खेलमा मनाङ मस्र्याङ्दीले मछिन्द्रलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । आर्मी र मनाङ जारी लिगका उपाधि दाबेदार टोली हुन् । बराबरी वा हारको नतिजाले दुवै टोलीको उपाधि सम्भावना कमजोर बन्नेछ । सोही कारण उपाधिका बलिया प्रत्यासी आर्मी र मनाङ सहज जित निकाल्दै विपक्षीमाथि थप दबाब सिर्जना गर्न चाहन्छन् । मनाङ १८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तर समान अंक भएपनि मनाङले हेड टु हेडका आधारमा थ्री स्टारलाई पछाडी पारेको छ । तेस्रो स्थानको संकटाको समेत समान १८ अंक छ । तर गोल अन्तरका आधारमा संकटा पछाडी परेको छ । यता, आर्मीसंग भिड्न लागेको ब्रिगेड र मनाङलाई चुनौती दिन लागेको मछिन्द्र आफै भने सहज स्थितीमा छैनन् । दुवै टोली तालिकाको पुछारतिर छन् । हिजो भएका खेलमा च्यासल, थ्रि स्टार र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन । च्यासलले फ्रेन्ड्स क्लबलाइ १ का विरुध्द ३ गोलले पराजित गर्यो भने थ्रिस्टारले जावलाखेल युथ क्लबलाइ २-० गोल अन्तरले पराजित गर्यो । लिग अन्तर्गत हिजै भएको अर्को खेलमा एपिएफले सरस्वती युथ क्लबलाइ ३-० गोल अन्तरले पराजित गरेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here