एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज भएका खेलमा ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीएटर विजयी

508

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज भएका खेलमा ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीएटर विजयी भएका छन । किर्तिपु स्थित त्रि वि क्रिकेट मैदानमा भएको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्सलाइ ११ रनले पराजित गरेको छ । १ सय ४४ रनको लक्ष पछ्याएको चितवन निर्धारित २० ओभर खेली ८ विकेटको क्षतीमा १ सय ३२ रनमै सिमित भयो । ललितपुरको लागी ३ विकेट लिएका शन्दिप लामिछाने प्लेयर अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीएटरले पोखरा राइनोजलाइ ४ विकेटले पराजित गरेको छ । २ सय १६ रनको उच्च लक्ष पछ्याएको भैरहवाले २ बल बाँकी छदा ६ विकेटको क्षतीमा सो लक्ष भेट्टायो । टस जिती पहिलो ब्याटिङ गरेको पोखराले ५ विकेटको क्षतीमा २ सय १५ रन बनाएको थियो । पोखराको लागी रिचार्ड लेभीले सर्वाधिक ७९ र सुनिल धमलाले ३८ रन बनाएका थिए । भैरहवाको जितमा रवि इन्दर सिंहको १ सय २५ रनको उत्कृष्ट योगदानका गरेका थिए । प्लेयर अफ दी म्याच भएका रविले ६० बलमा ८ चौका र १० वटा छक्का प्रहार गरेका थिए । लिग अन्तर्गत भोली चितवन टाइगर्स र काठमाण्डौं किङ्स तथा पोखरा राइनोज र ललितपुर प्याट्रीयट्स वीच खेल हुने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here