बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा संचालित शालिमार सिमेन्ट र युनिटेक उद्योगमा जनप्रतिनिधिहरु सहित स्थानीयले तालाबन्दि

264

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा संचालित शालिमार सिमेन्ट र युनिटेक उद्योगमा जनप्रतिनिधिहरु सहित स्थानीयले तालाबन्दि गरेका छन ।

मापदण्ड पुरागरी उद्योग संचालन गर्न बारम्बार आग्रह गर्दा उद्योग प्रशासनले वास्ता नगरेपछि समस्या समाधान नहुदाँसम्मका लागि उद्योगमा तालाबन्दि गरिएको स्थानीयले बताएका छन ।

उद्योगले वातावरण प्रदुषण गरेको भन्दै स्थानीयहरुले आफ्नो बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरीदिन नगरप्रमुख सहित संवन्धीत वडा प्रमुखहरुलाई अगाडी राखेर तालाबन्दी गरेका हुन ।

शालीमार उद्योगका प्रशासन प्रमुख गीरधारी लालले सिमेन्ट उद्योगबाट कुनै प्रदुषण नभएको दावी गर्दै जनप्रतिनिधिहरु नै तालाबन्दीमा सहभागी हुँदा उद्योग संचालनमा बाधा पर्ने बताउनुभयो ।

१ सय भन्दा बढी मजदुर कार्यरत रहेको शालिमार सिमेन्ट उद्योगले दैनिक ४ करोड मुल्य बराबरको २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरेको छ । युनिटेक उद्योगले सिमेन्ट उद्योगका लागि आवश्यक हुने दैनिक १ करोड मुल्य बराबरको क्लिङकर उत्पादन गर्दै आएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here