मनाङ मर्स्याङ्दी क्लव २१ अंकका साथ लिगको शिर्ष स्थानमा

109

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सातौं चरणका सबै खेल सकिएको छ । सातौं चरणका खेल सकिदा ७ वटै खेलमा जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लव २१ अंकका साथ लिगको शिर्ष स्थानमा छ । हिजो भएको खेलमा मछिन्द्र क्लबलाइ शुन्यका विरुध्द १ गोलले पराजित गर्दै मनाङले लिगमा आफ्नो शिर्ष स्थानलाइ कायमै राखेको हो । सातौं चरणको खेल सकिदा सम्म मनाङ शिर्ष स्थानमा रहँदा थ्रिस्टार क्लव १८ अंक सहित लीगको दोस्रो स्थानमा छ । समान १८ अंक नै बनाएको संकटा गोल अन्तरका कारण तेस्रो स्थानमा छ ।  जारी लिगको आठौं चरणका खेलहरु पर्सी बिहिवारबाट हुने खेल तालिका छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here