एभरेष्ट प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा काठमाण्डौं किङ्स र ललितपुर प्याट्रियट्स विजयी

219

एभरेष्ट प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा काठमाण्डौं किङ्स र ललितपुर प्याट्रियट्स विजयी भएका छन । किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाण्डौंले चितवन टाइगिर्सलाइ ६ विकेटले पराजित गरेको छ । १ सय ६१ रनको लक्ष पछ्याएको काठमाण्डौंले सो लक्ष ७ बल बाँकी छदा भेट्टाएको थियो । काठमाण्डौंको लागी प्लेयर अफ दि म्याच घोषित भएका सुब्रामन्यम आनन्दले १८ बलमा सर्वाधिक ४३ रन बनाएका थिए । प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा ललितपुरले पोखरा राइनोजलाइ ८ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष ललितपुरले १५ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो । ललितपुरको लागि प्लेयर अफ दि म्याच भएका गौरव तमोरले ८२ र किशन कोल्सावालाले  ५१ रन बनाएका थिए । जारी प्रतियोगितामा ललितपुरको यो लगातार दोस्रो जित हो । ललितपुर ३ खेलबाट ४ अंक जोडी लिग तालिकाको शिर्ष स्थानमा उक्लीएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here