एभरेष्ट प्रिमियर लिग इपीएल अन्तरगत आज भएको खेलमा भैरहवा ग्लाडिएटरले बिराटनगर वारियर्सलाई ४ विकेटले पराजित

163

एभरेष्ट प्रिमियर लिग इपीएल अन्तरगत आज भएको खेलमा भैरहवा ग्लाडिएटरले बिराटनगर वारियर्सलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै भैरहवा प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। किर्तिपुरस्थित त्रिवि खेल मैदानमा खेलिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले भैरहवालाई ९२ रनको विजय लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमध्ये १८ ‌ओभर ४ बल खेलेको बिराटनगरले ९१ रन मात्र बनाउँदा सो टीमका सबै खेलाडी खेलबाट बाहिरिएका थिए ।

विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । 

विराटनगरलाई जितेसंगै भैरहवाले ३ खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

इपिएल अन्तरगत आजको दोस्रो खेलमा अहिले काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा भईरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here