शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि आठौँ चरणका खेलहरू सुरु

288
ए डिभिजन फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि आठौँ चरणका खेलहरू सुरु हुँदैछ । आज दुईवटा खेल हुनेछ । पहिलो खेलमा न्युरोड टीम एनआरटी र सरस्वती युथ क्लब खेल्नेछन् भने दोस्रो खेलमा सङ्कटा र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । सातौं चरणका खेल सकिँदासम्म सात पटकको लिग विजेता मनाङले शत प्रतिशत नतिजा निकाल्दै २१ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यसैगरी समान १८ अंकसहित थ्रीस्टार र सङ्कटा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । त्रिभुवन आर्मी १७ अङ्कसहित चौथो स्थानमा छ भने समान ११ अंक जोड्दै नेपाल पुलिस र हिमालन शेर्पा क्रमशः पाँचौ र छैठौ स्थानमा रहेका छन् । लिगको जारी खेलमा न्युरोड टिम एनआरटी अन्तिम स्थानमा छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here