शेयर बजारमा हिजो सामान्य सुधार देखियो

358
धितोपत्र बोर्ड निर्देशन

शेयर बजारमा हिजो सामान्य सुधार देखियो । हिजो कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव शुन्य ८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुग्यो । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रह्‍यो । स्टकका अनुसार कारोवार भएका दश उपसमूहमध्ये हिजो पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भयो । यसैबीच चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here