शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल हुँदै

223
एडिभिजन फुटबल

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा छ । दिउँसो हुने दोस्रो खेलमा शीर्ष स्थानको मनाङले तालिकाको चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब संग खेल्नेछ । लिग अन्तर्गत हिजो भएका खेलमा संकटा, सरस्वती युथ र जावलाखेल विजयी भएका छन । हिजो भएको पहिलो खेलमा संकटाले हिमालयन शेर्पालाइ २-० गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा सरस्वतीले न्युरोड टिम लाइ सुन्यका विरुध्द १ गोलले पराजित गर्यो । यसैगरी हिजै भएको अर्को खेलमा जावलाखेलले सशस्त्र प्रहरी बल एपिएफलाइ सुन्यका विरुध्द १ गोलले पराजित गर्यो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here