हुवायेकी उच्च अधिकारी मियाङ वानजाओको क्यानडामा गिरफ्तारीसँगै चीनले पनि क्यानेडियन व्यापारीलाई गिरफ्तार

217

क्यानडा र चीन बीच तनाब बढिरहेका बेला चीनमा अर्का क्यानेडियन नागरिक राष्ट्रिय सुरक्षामा खतरा पुर्या एको आरोपमा पक्राउ परेका छन् । माइकल स्पाभोर नाम गरेका व्यापारी बिहीबार चीनमा पक्राउ गरिएको पुष्टि गरिएको छ । यस अघि क्यानेडियन पूर्व कुटनीतिज्ञ माइकल कोभरिगलाई पनि चीनमा गिरफ्तार गरिएको थियो ।

हुवायेकी उच्च अधिकारी मियाङ वानजाओको क्यानडामा गिरफ्तारीसँगै चीनले पनि क्यानेडियन व्यापारीलाई गिरफ्तार गरेको हो । चीनले मियाङलाई मुक्त नगरे अकल्पनीय परिस्थिति आउन सक्ने भन्दै क्यानडालाई धम्की दिइरहेको छ । मियाङले व्यापारिक सझेदारीका क्रममा इरानमा अमेरिकी प्रतिबन्धको उल्लंघन नगरेको बताएकी छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here