अमेरिकी सिनेटले साउदी अरेवियालाई दिदै आएको सैन्य सहायता बन्द गर्ने सम्वन्धी निर्णय पारित

185

अमेरिकी सिनेटले साउदी अरेवियालाई दिदै आएको सैन्य सहायता बन्द गर्ने सम्वन्धी निर्णय पारित गरेको छ । सिनेटले टर्कीमा मारिएका पत्रकार जमाल खसोग्गीको हत्यामा साउदी राजकुमार मोहम्मद विन सलमानको संलग्नता बारे निर्णय गर्दै घटनाका दोषिलाई कार्वाही गर्न साउदी सरकारलाई आग्रह गर्ने सम्वन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साउदी अरेवियाले द्वन्द्वग्रस्त यमनमा जारी राखेको सैन्य सहायतामा सघाइरहेको अमेरिकाले त्यहाँबाट आफ्ना सेना फिर्ता ल्याउन सिनेटले निर्णय गरेको हो । सन् १९७३ मा युद्ध शक्ति सम्वन्धी ऐन पारित भएयता कुनै पनि द्वन्द्वग्रस्त क्षेत्रमा खटाइएको आफ्ना सेनालाई फिर्ता गर्ने सम्वन्धमा अमेरिकी सिनेटले पहिलो पटक यस्तो निर्णय गरेको हो । सैन्य फिर्ताले यमनमा विद्रोहीहरुसंग लडिरहेको साउदी अरेवियालाई भने समस्या पर्ने छ । राष्ट्रपति डोनाल्ड ट्रम्प तत्काल सैन्य फिर्ता गर्ने पक्षमा नरहे पनि सत्तारुढ रिपव्लिकन दलकै सांसदहरु उहाँको विपक्षमा उभिएका छन् । प्रस्तावले राष्ट्रपतिले यमनका विभिन्न क्षेत्रमा कार्यरत अमेरिकी सेनाहरुलाई फिर्ता गर्न सक्ने अधिकार समेत प्रदान गरेको छ । यद्यपी प्रस्तावको पूर्ण कार्यान्वयनका लागि कानून निर्माण हुनेमा भने द्विधयुक्त अभिव्यक्तिहरु आइरहेका छन् ।। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here