दाङमा आगलागीमा परी एकै घरका ३ जनाको मृत्यु

186
झापा

दाङमा आगलागीमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । हिजो राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा रहेका सामानका साथै ७ वटा गाई र ४ वटा बाख्रासमेत जलेर नष्ट भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here