गएको ११ महिनामा नेपालको पर्यटन इतिहासमै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण

92

गएको ११ महिनामा नेपालको पर्यटन इतिहासमै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ । पर्यटक आवागमन वृद्धि अहिलेसम्मकै ऐतिहासिक भएको र यसले नेपाली पर्यटनमा थप उत्साह जगाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले नेपाल भ्रमण वर्षलाई सफल बनाउने तयारी गरिरहँदा पर्यटक आवागमनको उत्साहजनक वृद्धिले नेपाली पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here