चीनको हाङझुमा जारी विश्व पौडी प्रतियोगिताको दोस्रो दिन संयुक्तराज्य अमेरिकाले बर्चस्व कायम गर्दै घोषित ८ मध्ये ५ वटा स्वर्ण पदक

454

चीनको हाङझुमा जारी विश्व पौडी प्रतियोगिताको दोस्रो दिन संयुक्तराज्य अमेरिकाले बर्चस्व कायम गर्दै घोषित ८ मध्ये ५ वटा स्वर्ण पदक जितेको छ ।

साथै दोस्रो दीन ३ नयाँ विश्व किर्तिमान पनि कायम भएको छ । अमेरिकाले महिला ४ गुणा ५० मिटर मेडलिमा नयाँ विश्व किर्तिमान कायम गरी स्वर्ण पदक जितेको हो । अमेरिकाका रायन मर्फिले १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जित्दा अमेरिकाका अर्को पौडीवाज ब्लक पाइरोनीले २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन । ४ गुणा ५० मिटर युगल स्पर्धामा नयाँ विश्व किर्तिमान कायम गरी स्वर्ण जितेपछी दोस्रो दिन अमेरिकाले ५ स्वर्ण जित्न सफल भएको हो । दक्षिण अफ्रिकाका क्यामरुन भान बुर्गले १ सय मिटर ब्रेस्टस्ट्रोकमा नयाँ विश्व किर्तिमान कायम गरी स्वर्ण जितेका छन । यसैगरी महिला ५० मिटर ब्रेस्टस्ट्रोकको स्वर्ण जमैकाकी अलिया एटकिन्सनले जितिन भने महिला २ सय मिटर बटरफ्लाइको स्वर्ण हंगेरिकी कटिन्का होस्जुले जितेकी छिन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here