दक्षिण भारत स्थित एक मन्दिरमा प्रसादका रुपमा चढाइएको भात खाँदा ११ जनाको मृत्यु

264

दक्षिण भारत स्थित एक मन्दिरमा प्रसादका रुपमा चढाइएको भात खाँदा ११ जनाको मृत्यु भएको छ । प्रसाद खाएर ७० जना भन्दा बढी बिरामी परेका छन् । विरामी परेमा मध्ये ११ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दक्षिण भारतको कर्नाटक राज्य स्थित प्रसिद्ध मरम्मा मन्दिरमा हरेक बर्ष लाग्ने विशेष मेलाका अवसरमा भोग चढाइएको भात खाएर मानिसहरुको मृत्यु भएको स्थानीय समाचार माध्यमहरुले जनाएका छन् ।  मन्दिरमा दर्शन गरी फर्कने सबै भक्तजनहरुलाई प्रसादमा भात दिइएको थियो । अमिलो बास्ना आइरहेको भएपनि धेरैले प्रसाद खाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रसाद खानेहरुमा पेट दुख्ने र बान्ता आउने समस्या देखिएको थियो । प्रसादमा विष मिसाएको आशंकामा प्रहरीले दुइ जनालाइ पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here