उत्तर कोरियाका ३ जना उच्च अधिकारीहरुमाथि अमेरिकामा प्रतिवन्ध

210
अमेरिका उत्तर कोरिया प्रतिबन्ध

अमेरिकाले तीन जना उच्च उत्तर कोरियाली अधिकारीहरुमाथी प्रतिवन्ध लगाएपछि त्यसले आणविक निशस्त्रिकरणका लागि भइरहेको प्रयास विथोलिने उत्तरले बताएको छ । अमेरिकाले मानव अधिकार उलंघनको आरोपमा उत्तर कोरियाली नेता किम जोङ उनका निकट मानिएका दुइ मन्त्री सहित तीन जना उच्च अधिकारीहरु माथि प्रतिवन्धको घोषणा गरेको हो । अमेरिकी निर्णयबारेमा विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले यो निर्णय अचम्मित बनाउने र खेदयुक्त भएको टिप्पणी गरेको छ । दुबै मुलुक वार्ता र संवादबाटै निकास निकाल्न प्रयासरत् रहेको अवस्थामा प्रतिवन्धको घोषणाले कोरियाली प्रायद्विपमा आणविक निशस्त्रिकरणको संभावना सदाका लागि अन्त्य भएको प्रतिक्रिया पनि उत्तर कोरियाले व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here