नाइजेरियामा किसान र गोठालाबीच जमिन र पानीको स्वामित्वको विवाद बढ्दो

234
नाइजेरिया गोठाला झडप

नाइजेरियामा किसान र गोठाला बीच जमिन र पानीको स्वामित्वका विषयमा भएको भिडन्तमा परी हालसम्म ३ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको विवरण अनुसार सन् २०१६ देखि हाल सम्म उनीहरूको मृत्यु भएको हो । हिंसामा दोषी रहेकाहरूलाई कारबाही गर्न सरकार असफल भएको पनि एम्नेष्टीले जनाएको छ । नाइजिरियामा बेरोम आदिवासी किसान र फुलानी समुदायका फिरन्ते गोठालाबीच विभिन्न राज्यहरुमा भिडन्त हुने गरेको छ । जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्य नाइजेरियामा किसान र गोठालाहरूबीच भिडन्त हुने गरेको हो । सुरुमा भूमिका लागि लड्दै आएका यी आदिवासी समूहहरूको भिडन्त पछिल्लो समय साम्प्रदायिक हिंसाको रूपमा परिणत भएको छ । सन् २०१८ मा मात्रै दुई हजार भन्दा बढी मानिस मारिएको र अन्य हजारौं घरबार विहिन भएको समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here