बंगलादेशमा आसन्न आम निर्वाचनको प्रचार प्रसारमा तिव्रता

589
बंगलादेश निर्वाचन प्रचार

बंगलादेशमा आसन्न आम निर्वाचनको प्रचार प्रसारले तिव्रता लिएसँगै दलका कार्यकर्ताहरू बीच झडपको क्रम पनि बढ्दै गएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बंगलादेश सरकारले करिव २० हजार अर्ध सैनिक सुरक्षाकर्मीलाई शान्तिसुरक्षामा खटाएको छ । बंगलादेशमा यही डिसेम्बर ३० तारिखमा आम निर्वाचन हुँदै छ । त्यहाँका ठूला दलहरू प्रधानमन्त्री शेख हसिनाको अवामी लीग र प्रमुख विपक्षी दल बंगलादेश न्याशन्यालिष्ट पार्टी बीच राजनीतिक प्रतिष्पर्धाका साथै तनावपूर्ण सम्बन्ध छ । प्रचारप्रसारकै क्रममा भएका झडपहरूमा हालसम्म ६ जनाको मृत्यु भैसकेको समाचार माध्यमहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here