नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल

133
नेकपा स्थायी कमिटि बैठक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बसेको बैठकमा स्थायी समिति सदस्यहरु देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कंडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा धारणा राख्नु भएको थियो । बैठकमा बोल्ने नेताहरुले सरकारको काम कार्वाहीलाई अझ बढी प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । बैठक भोलि पुनः बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here