नेपाली काङ्ग्रेस केन्द्रीय समितिमा विधान मस्यौदामा विवाद

258
नेका महासमिति बैठक

नेपाली कांग्रेसमा पदाधिकारीको संख्या १३ पुर्‍याउने सहमति भएको छ । पार्टीको आज बसेको पदाधिकारीको बैठकले विधानमा १३ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको हो । केहीबेरपछि बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गरेपछि आजै महासमिति बैठकमा पेश गरिने नेताहरुले बताउनु भएको छ ।

यसैबीच दुइ दिन थप भएको नेपाली काङ्ग्रेस महासमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्ने तयारी भइरहेको छ । विधान मस्यौदाको विवादले महासमिति बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलसमेत प्रभावित भएको छ । पदाधिकारी बैठकमा सहमति बनेपनि केन्द्रीय समितिमा विधान मस्यौदामाथि सहमति जुट्न सकेको छैन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here