नेपाल-भारत सीमा व्यापार

209
मोरङ/नेपाल-भारत सीमा व्यापार

पूर्वका उद्योगी व्यवसायीहरुले नेपालबाट भारत निकासी हुने वस्तुहरु नेपाल भारत वाणिज्य संधी अनुसार निर्वाध रुपमा निकासी गर्न पाउनुपर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ र भारतिय राजदुतावासले विराटनगरमा आयोजना गरेको नेपाल भारत सीमाक्षेत्र व्यापार छलफल कार्यक्रममा सहभागिहरुले यस्तो माग गरेका हुन । भारत सरकारले गोलभेडा, अदुवा र चिया जस्ता वस्तुमा गैर भंसार अवरोध सिर्जना गर्ने गरेकोले निर्यातमा समस्या आउने गरेको नेपाली निकासीकर्ताहरुले बताए । उनीहरुले वाणिज्य संधीको अक्षरशः पालना भए पूर्वका उत्पादनले निर्वाध निर्यातको सुविधा पाउने र व्यापार घाटा कम हुने बताएका छन् ।

कार्यक्रममा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन र्राईले कृषिको व्यवसायीकरण र निर्यातमा भारत सरकारले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भारतिय राजदुत मंजिबसिंह पुरीले नेपालको व्यापार घाटा कम गराउन आफुहरु आर्थिक क्षेत्रमा सहयोगका लागि तयार रहेको बताउनु भयो । कार्यक्रममा पूर्वका उद्योगी व्यवसायी, नेपाल र भारतका सीमाक्षेत्रका सुरक्षा निकाय तथा भंसारका प्रमुखहरु सहभागिता थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here