फेसबुकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली सन्देश पोष्ट गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई जेल सजाय

160
भारत फेसबुक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी फेसबुकमा सन्देश पोष्ट गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको प्रहार भनेका छन् । गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानून उल्लङ्घन डार्कोनियन ल अन्तर्गत एक बर्षको जेल सजाय गरिएको हो । सो कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गाली गलौज गरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ । ३९ बर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको उत्तेजक दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here