रामेछाप जिल्लामा ढाका कपडा उद्योग फस्टाउँदै

91
ढाका कपडा

रामेछाप जिल्लामा ढाका कपडा उद्योग फस्टाउदै गएको छ । केहिवर्ष अघिसम्म स्थानीय उत्पादनले जिल्लाकै मागलाई धान्न नसकेको रामेछापको ढाका कपडा अव जिल्ला बाहिर पनि निकासी हुन थालेको छ । रामेछापमा उत्पादित ढाका कपडाको माग बढ्न थालेपछि यहाँका कपडा उद्योगहरु फस्टाउनुका साथै उद्यमीहरुको आम्दानी समेत बृद्धि भएको छ । ढाका कपडाको माग बढ्न थालेपछि गाउँ गाउँमा ढाका उद्योग संचालन गर्नेहरुको संख्या बढ्दो छ । अहिले रामेछाप जिल्लाका करिब २ दर्जन गाउँमा ढाका कपडा उद्योगहरु सञ्चालनमा छन् । जिल्ला कारागार रामेछापमा पनि कैदीहरुले ढाकाका कपडाहरु उत्पादन गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here