शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दशौं चरणका खेलहरु हुदै

135
एडिभिजन फुटबल

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आजबाट दशौं चरणका खेलहरु सुरु हुदै छन् । दशौं चरण अन्तरगत पहिलो दिन आज तिन वटा खेल हुने कार्यक्रम छ । विहान ११ बजेबाट हुने पहिलो खेलमा मच्छिन्द्र क्लव र सरस्वती युथ क्लवले प्रतिस्पर्धा गर्दैछन् । लिगको नवौं चरण सकिदा सम्म सरस्वती १० अंक सहित लिगको ९औ स्थानमा छ भने मच्छिन्द्र मात्र ३ अंक बनाउदै १३औ स्थानमा छ । यसैगरी आजै हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लवले प्रतिस्पर्धा गर्दै छन् । हालसम्मको नतिजामा जावलाखेल ८ अक सहित १०औ स्थानमा छ भने जम्मा १ अंक जोडेको न्युरोड लिग तालिकाको अन्तिम स्थानमा छ । आजै अपरान्ह हुने अर्को खेलमा छैठौ स्थानमा रहेको हिमालयन शेर्पाले १२ औ स्थानमा रहेको फ्रेण्डस क्लव संग खेल्दैछ । समान नौ खेल खेलेका हिमालयन शेर्पाको १४ अक छ भने फ्रेण्सले ५ अंक मात्र जोड्न सकेको छ । नवौं चरण सकिंदा २७ अंक सहित मनाङ मर्स्याङ्दी क्लव लिग अंक तालिकाको शिर्ष स्थानमा कायमै रहेको छ । लिगमा एक खेल हारेको संकटाले २४ अंक सहित तालिकामा मनाङलाई पछ्याइरहेको छ । यसैगरी लीग विजेताको दावेदारी प्रस्तुत गरिरहेको थ्रिस्टार क्लव २२ अंक सहित तेस्रो स्थानमा छ । यसैगरी त्रिभुवन आर्मी क्लव १८ अंक सहित चौथो स्थानमा छ भने नेपाल पुलिस १५ अंक बनाउदै पाचौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here