राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे लगत्तै रक्षामन्त्री जिम म्याटिसले पदबाट राजिनामा

100
अमेरिका रक्षामन्त्री राजिनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे लगत्तै रक्षामन्त्री जिम म्याटिसले पदबाट राजिनामा दिनुभएको छ । आगामी फेब्रुअरी महिनामा अवकास प्राप्त गर्नुहुने रक्षामन्त्री म्याटिसले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति असहमति जनाउँदै राजिनामा दिएको बताइएको छ । रक्षामन्त्री म्याटिसको राजिनामा प्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरीमा रक्षामन्त्री म्याटिस उच्च सम्मानका साथ अवकाश पाउँदै हुनुहुन्थ्यो भन्नुभएको छ । राष्ट्रपति ट्रम्पले रक्षामन्त्री म्याटिसले अमेरिकी सेना सहयोगी मुलुक र अन्य मुलुकमा कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा ठूलो सहयोग गरेको पनि बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले नयाँ रक्षा मन्त्रीमा कसलाई नियुक्त गर्ने भन्ने कुरा सार्वजनिक नगरेपछि छिट्टै नै नियुक्त गर्ने बताउनु बताउनु भएको छ । राजिनामा पत्रमा रक्षामन्त्री म्याटिसले आफूलाई यो नै पदबाट छोड्ने उपयुक्त समय लागेको बताउँदै राष्ट्रपति ट्रम्पले आफ्नो विचार मिल्दो रक्षामन्त्री नियुक्त गर्न सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here