अझै पनि धादिङका विकट गाउँका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

145
धादिङ विद्यालय

सरकारले सबैका लागि शिक्षा कार्यक्रम लागू गरे पनि अझै पनि धादिङका विकट गाउँका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित छन् । उत्तरी धादिङका क्युङग, खनियाबास, गोर्गङ्ग लगायतका गाउँकामा विद्यालय नहुँदा यहाँका बालबालिकाहरु ४/५ घन्टा हिडेर विद्यालय जानुपर्ने अवस्था रहेको छ । यी बालबालिकाहरुले ५ कक्षासम्म अध्ययनका लागि गाउँमा विद्यालय भए पनि सोभन्दा माथिल्लो कक्षादेखि भने विद्यालय छोड्ने या दैनिक ४/५ घन्टा हिडेर विद्यालय जाने भन्ने दुई वटा विकल्प मात्रै छन् । विद्यालय टाढा भएका कारण अधिकांश बालबालिकाले कक्षा पाँच पछि पढाई नै छोड्ने गरेको अभिभावकहरुले बताएका छन् । दैनिक विद्यालय आउन र जान समस्या भएपछि विद्यालय छोड्नु परेको उनीहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here