वाणिज्य बैंकहरुले निक्षेपमा दिदै आएको व्याजदरमा असमानता देखिएपछी राष्ट्र बैंकको चासो

318
राष्ट्रवैंक

वाणिज्य बैंकहरुले निक्षेपमा दिदै आएको व्याजदरमा असमानता देखिएपछी राष्ट्र बैंकले त्यसमा चासो व्यक्त गरेको छ । बाणिज्य बैंकहरुले निक्षेपमा दिदै आएको व्याजदरमा एकरुपता र समानता नदेखिएको भन्दै केन्द्रिय बैकले चासो व्यक्त गरेको हो । निक्षेप जम्मा गर्न बाणिज्य बैंकहरुबिच व्याजदरमा होडबाजी देखिएपछी राष्ट्र बैंकले हिजो नेपाल बैंकर्स संघका प्रतिनिधिलाई बोलाएर व्याजदर तत्काल घटाउन निर्देशन दिएको थियो । निर्देशन पछी व्याजदर घटाउन वाणिज्य बैंकहरुले भद्र सहमति गरेका छन् । जस अनुसार साधारण बचतको ब्याजदर अधिकतम ६.५ प्रतिशत कायम भएको छ । मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म र संस्थागत मुद्धती निक्षेपमा ८.५ प्रतिशतसम्म व्याज कायम गरिने भएको छ । साथै बैकहरुले न्यूनतम ब्याज अन्तर २ प्रतिशत राख्ने सहमति पनि गरेका छन् । यो निर्णयले कल डिपोजिटको ब्याजदर साढे ४ प्रतिशतमा झरेको छ । एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशत माथि गएका बैंकहरुलाई कार्वाही नगर्ने भए पछि व्याजदर घटाउन बैंकहरु तयार भएका बताइएको छ । नयाँ व्याजदर आजैबाट लागू हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here