तराई मधेशमा चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुँदै

273
चिसो बढ्यो

मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा मानिसको चहलपहल कम हुन थालेको छ । त्यसैगरी रुघाखोकी, निमोनियाका बिमारीको संख्या समेत बढ्न थालेको छ । यसैबीच पर्सामा तीन दिनयता राम्रोसँग घाम लाग्न नसक्दा चिसो बढेकाले जनजीवन प्रभावित छ ।

 यसैबीच केहि दिनदेखि बढेको चिसोले महोत्तरीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिकाका ५५ वर्षीया दुखनी कापर रहेका छन् । जाडोले बेहोस भएका ठाकुरको उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । यसैगरी कापरको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताउनुभयो । जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावाका कारण चिसो बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here