इन्डोनेशियाको तटीय क्षेत्र सुन्दा स्ट्रेटमा शक्तिशाली भुकम्प संगै आएको सुनामीमा परेर १६८ जनाको मृत्यु

79
इन्डोनेशिया सुनामी

इन्डोनेशियाको तटीय क्षेत्र सुन्दा स्ट्रेटमा शक्तिशाली भुकम्पसंगै आएको सुनामीमा परेर १६८ जनाको मृत्यु भएको छ । सुनामीमा परी ७ सय ४५ जना मानिसहरु घाइते भएको त्यहाँको विपद् व्यवस्थापन निकायका अधिकारीहरुले बताएका छन् । सुनामीले दर्जनौं घरहरुमा पनि क्षति पुर्याएको छ । हिन्द महासागरसँग जोडिएको जाभा र सुमात्रा टापुको बीचमा पर्ने सुन्दा स्ट्रेटमा ज्वालामुखी विष्फोट भएपछि समुद्रभित्रै पहिरो गएका कारण सुनामी आएको बताइएको छ । विपद् व्यवस्थापन निकायले सार्वजनिक गरेको भिडियोमा सुनामी पछिको असर देखिएको छ । जसमा घरहरु डुवानमा परेको र बाढिको पानीमा कारहरु तैरिरहेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here