खोटाङको दिक्त्तेलमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

102
खोटाङ दुर्घटना मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सदरमुकाम दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको ट्याक्टर आज बिहान करिव तीन बजे सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी दुइ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका माइकल राई, मीनप्रसाद लुईटेल र सोही नगरपालिकाको वडा नम्बर–७ दोर्पा चिउरीडाँका खेमराज भुजेल रहेको प्रहरीले जनाएको छ । सोही ट्याक्टरमा चढेका निर्मलीडाँडाकै दुर्गाबहादुर लुईटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here