शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दशौं चरणका खेलहरु सकिंदा मनाङ मर्स्याङ्दी क्लव लिग उपाधीको प्रवल दावेदार

263
ए डिभिजन फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दशौं चरणका खेलहरु सकिंदा मनाङ मर्स्याङ्दी क्लव लिग उपाधीको प्रवल दावेदार देखिएको छ । १० औं चरणको खेल सकिदा मनाङ शतप्रतिशत जित हासिल गरि ३० अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा छ । असोज १३ गते बाट सुरु भएको जारी लिगको ११औ चरणका खेलहरु पर्सी बुधबारदेखि हुदैछ । लिगमा अब ३ चरणका खेल मात्र बाँकी छँदा दोस्रो स्थानमा रहेको संकटा भन्दा स्पष्ट ५ अंकको अग्रता लिइसकेकोले मनाङको उपाधी जित्ने संभावना बलियो देखिएको हो । समान १० वटा खेल खेलेको संकटाले २५ अंक जोडेको छ । मनाङ लिगको साविकको विजेता पनि हो । लिग अन्तरगत हिजो भएका खेलमा खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र मनाङ विजयी भए । ललितपुको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सशस्त्रले त्रिभुवन आर्मि क्लबलाइ १ का विरुध्द २ गोलले पराजित गर्यो । यसैगरी हिजै भएको अर्को खेलमा मनाङले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here