भारतमा उच्च क्षमता सहितको नयाँ व्यालेस्टिक क्षेप्यास्त्रको सफलतापुर्वक परीक्षण सम्पन्न

156
भारत क्षेप्यास्त्र

भारतले उच्च क्षमता सहितको नयाँ व्यालेस्टिक क्षेप्यास्त्रको सफलतापुर्वक परीक्षण सम्पन्न गरेको छ । जमिनबाट जमिनमा चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको सो क्षेत्रप्यास्त्रको हिजो सफलतापुर्वक परिक्षण गरिएको भारतीय अधिकारीहरुले बताउका छन् । क्षेप्यास्त्रलाई अग्नी–चार नाम दिइएको छ । भारतीय सेनाले उडिसा स्थित तटिय क्षेत्रमा गरेको परिक्षणका क्रममा क्षेप्यास्त्र झण्डै १७ टन भार बोकेर २० मिटर टाढा पुगेको बताइएको छ । परमाणु परिक्षणका क्रममा भारतले अग्नी–चार क्षेप्यास्त्रको यो समेत सातौ परिक्षण गरिसकेको छ । भारतले यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी नाम दिइएका क्षेप्यास्त्रहरुको परीक्षण गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here