इन्डोनेशियामा सुनामीपछि जनजीवन संकटमा

84
इन्डोनेशिया सुनामी

इन्डोनेसियामा ज्वालामुखी विष्फोटनपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या २ सय ८१ पुगेको छ । समुद्रभित्र नयाँ ज्वालामुखी विष्फोट भइरहेकाले नयाँ सुनामीको खतरा रहेको भन्दै तटीय क्षेत्रका वासिन्दालाई समुद्री तटबाट टाढा रहन सचेत गराइएको छ । सुमात्रा र जाभा टापुका तटीय शहरहरुमा ज्वालामुखी विष्फोटपछिको सुनामीमा परी १ हजार बढी घाइते भएका छन् । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । सडकहरु अवरुद्ध हुँदा उद्दार कार्यमा बाधा परिरहेको छ । धेरै प्रभावित क्षेत्रहरुमा बेपत्ताहरुको खोजीका लागि उपकरणहरु लैजान समेत समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here