रुपन्देहीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा

210
रुपन्देही खुला दिशामुक्त

रुपन्देहीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । जिल्लाका कुल १ लाख ६६ हजार घरमा शौचालय निर्माण भएपछि रुपन्देहीलाइ खुल्ला दिशामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार जिल्लाका सबै घरमा तोकिएको मापदण्ड अनुरुप शौचालय निर्माण गरिएका छन । सरकारले सन.२०१७ भित्र देशका सबै जिल्लालाइ खुला दिशामुक्त बनाउने लक्ष लिएको भएपनि अझै १६ जिल्ला बाँकी छन । प्रदेश पाँचमा अव कपिलबस्तु जिल्ला मात्र खुला दिशामुक्त घोषणा हुन बाँकी छ । प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले खुल्ला दिशामुक्त समारोहलाई सम्बोधन गर्दै मानव जिवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वच्छ खानेपानी र सरसफाईमा सबैले ध्यान पुराउन आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here