कालीकोटको पलाता खाँडागाउँस्थित न्यौपानेबस्तीमा आगोलागी

381
कालिकोट आगोलागी

कालिकोटको पलाता गाँउपालिका–१ खाँडामा भीषण आगलागी हुँदा ४७ घर जलेर नष्ट भएका छन्। गएराति करिब २ बजेदेखि लागेको आगो आज विहान नियन्त्रणमा आएको हाम्रा स्थानीय समाचारदाताले जानकारी दिएका छन । आगो निभाउने क्रममा १३ जना घाइते भएको वडाध्यक्ष मानबहादुर भण्डारीले जानकारी दिनुभयो । सदमुकामबाट करिब सात घण्टाको पैदलपछि पुगिने खाँडामा १६९ घर छन् । सबै घरका छाना खरले छाएको हुनाले ठूलो क्षति भएको प्रहरीको भनाइ छ । अधिकांश युवा रोजगारीका लागि भारत गएका कारण गाउँमा आगो नियन्त्रणका लागि खटिने जनशक्तिको समेत अभाब खड्किएको छ । यसैबिच आगोलागीबाट घर जलेर नष्ट भएका प्रत्येक परिवारलाई प्रदेश सरकारले राहत स्वरुप २० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here