प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौंमा धरहरा पुनःनिर्माणको शिलान्यास

222
धरहरा

प्रधानमन्त्री केपी शर्मा ओलीले काडमाडौंको सुन्धारामा धरहरा पुनर्निर्माण कार्यको आज शुभारम्भ गर्नुभयो। दुइ बर्षमा निर्माण सम्पन्न गर्नेगरी बनाउन लागिएको धरहरा हेर्दा पुरानै शैलीको देखिने तर भित्र आधुनिक सुविधासम्पन्न हुने बताइएको छ।धरहराको शिल्यान्यास समाराेहमा बाेल्दै प्रधानमन्त्री ओलीले इतिहास झल्किने गरी र आधुनिकता टल्किकेगरी धरहरा बनाउन लागेको बताउनुभयो । उहाँले धरहराकाे पुननिर्माणस‌गै दुइबर्षभित्र काठमाडाैबासीले धरहराको टुप्पोबाट सुधारिएको बाटाे र हरियाली वातावरण हेर्न पाउने बताउनुभयो । उहाँले सुन्धारामा अनवरत धाराहरु स‌ंचालन गरिने पनि बताउनुभयाे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले धरहराकाे निर्माणस‌ँगै ठमेल सम्मकाे क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । 
शिलान्यास समारोहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उप प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू लगायतको उपस्थिति थियो। धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्किएको हो। भत्किएको धरहराको अवशेषलाई यथावत संरक्षण गरी त्यसको छेउमै नयाँ धरहरा निर्माण गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी-रमन जेभीलाई दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here