प्रदेश नं. ५ मा जारी प्रदेश सभाको तश्रो अधिबेशनमा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित ५ वटा बिधियक पेश

174
प्रदेश नं. ५

प्रदेश नं. ५ मा जारी प्रदेश सभाको तश्रो अधिबेशनमा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित ५ वटा बिधियक पेश गरिएको छ । प्रदेश सरकारका तर्फबाट भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले ति बिधियकहरु प्रदेश संसद् बैठकमा सैद्धान्तिक छलफलका लागि पेश गर्नु भएको हो । बिधियक पेश भएलगत्तै प्रदेश सहकारी सम्बन्धि ब्यबस्था गर्न बनेको बिधियक, प्रदेश बिउबिजन सम्बन्धी ब्यबस्था गर्न बनेको बिधियक माथि सैद्धान्तिक छलफल शुरु भएको छ । बिधियक माथि छलफलमा सहभागि प्रदेश सांसदहरुले प्रदेश पाँचमा रहेका भुमिहिन सुकुम्बासी समस्या, सहकारी नियामक निकायको आवश्यक्ता, प्रकृति पीडितहरुको राहत तथा उद्धार लगाएतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । यसैगरि मन्त्री पौडेलले प्रदेश पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधियक, प्रदेश दाना सम्बन्धि ब्यबस्था गर्न बनेको बिधियक र प्रदेश मल सम्बन्धि ब्यबस्था गर्न बनेको बिधियक प्रदेश संसदको बैठकमा छलफलका लागि पेश गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here