सुनसरीमा दमकलको अभाव

96
दमकल समस्या

सुनसरीमा आगोलागीका घटना पटक पटक हुने गरेका छन् । स्थानीय तहसँग भएका दमकलहरु भने बिग्रेको अवस्था छन् । स्थानिय तहसँग रहेको ९ वटा मध्ये अहिले ५ वटा दमकल मात्र चालू अवस्थामा छन् । इटहरी उपमहानगरपालिकासँग रहेका तीनओटा वारुणयन्त्र मध्ये २ ओटा १० वर्षअघिबाटै थन्किएका छन् । त्यसैगरि इनरुवा नगरपालिकामा रहेका २ ओटा वारुणयन्त्र मध्ये एउटा विगत १५ वर्षदेखी विग्रीएर प्रयोग विहिन छ । दुहबी नगरपालिकाले गतवर्ष खरिद गरेको वारुणयन्त्र राम्रैसँग चलेको छ तर त्यसको पानी बोक्ने ट्रयाङ्की क्षमता भने थोरैमात्र रहेको छ । रामधुनी र बराह नगरपालिकाले हालसम्म वारुणयन्त्र खरिद गरेका छैनन् । ६ ओटा नगरपालिका र ६ ओटै गाउँपालिका रहेको सुनसरी जिल्लामा २ नगरपालिका सहित ८ स्थानीय तहमा वारुणयन्त्रको व्यवस्था हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here