अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निजी आवास पुनर्निर्माण सम्वन्धी अभिमुखिकरण तथा समिक्षा गोष्ठी सम्पन्न

248
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निजी आवास पुनर्निर्माण सम्वन्धी अभिमुखिकरण तथा समिक्षा गोष्ठी सम्पन्न गरेको छ । स्थानिय पूर्वाधार अन्तर्गतका आयोजनाहरु अगामी एक वर्षभित्र सम्पन्न गरिनुका साथै निजी आवास अनुदानतर्फ अर्घाखाँचीमा २ करोड २२ लाख रुपैया खर्च भईसकेको बताईएको छ । अर्घाखाँचीमा कुल लाभग्रहीको संख्या १०३७ मध्ये ९४६ जनाले अनुदान सम्झौता सम्पन्न गरेका छन । पुनर्निर्माणलाई व्यवस्थित र छिटो गराउने उद्देस्यले स्थानीय तहका पदाधिकारी एवम सरोकारवालासँग छलफल गरिएको प्राधिकरणका अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार आयोजना निर्देशक इन्जिीनियर गणेश राज वस्तीले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here