पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर जान प्रतिबन्ध

67
पाकिस्तान जर्दारी

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको छ । जर्दारी, उहाँकी बहिनी सहित १ सय ७२ जना माथि मुद्रा अपचलन सम्वन्धी एउटा मुद्दामा अनुसन्धान भइरहेको छ । उहाँहरू माथि मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि छ । आरोपित सबै १ सय ७२ जनालाई देश बाहिर जान नपाउने गरी प्रतिवन्ध लगाइएको हो । पूर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । जर्दारी पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री स्वर्गीय बेनजिर भुट्टोका पति हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here