स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित

117
नेकपा स्थायी कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । पार्टी मुख्यालय धुम्रवाराहीमा आज विहान बसेको बैठकले सो प्रतिवेदनमाथि सदस्यहरुले उठाउनु भएका सुझावहरुलाइ पनि समेट्ने गरी परिमार्जन सहित पारित गरेको हो । अध्यक्षद्वयले परिमार्जन सहितको प्रतिवेदन तयार गर्ने जिम्मा सचिवालयलाइ दिनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । साथै पार्टीको सांगठनिक एकीकरण सम्बन्धी विषयहरुमा गृहकार्य गरेर सुझाव प्रतिवेदन पेश गर्नका लागि एउटा कार्यदल गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here