हिमपातले सिमकोट विमानस्थल अवरुद्ध / मनाङमा १८ घण्टासम्म हिमपात

178
हुम्ला+मनाङ हिमपात

चिसो बढेसंगै हिमाली जिल्लाहरुमा हिउँ पर्न थालेको छ । हुम्लामा हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ । गतराति १० बजेदेखि १ बजेसम्म हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको हो । हुम्लाबाट जाडो छल्न अन्यत्र जान सिमकोट विमानस्थलमा पुगेका सबै यात्रु त्यसै रोकिएका छन । यसैगरी मनाङमा पनि व्यापक हिमपात भएको छ । हिजो दिउँसदेखि हिउँ परेको र झण्डै १८ घण्टापछि आज विहान मात्र हिउँ पर्न रोकिएको स्थानीयहरुले बताएका छन । मनाङ जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँ लगायत ठाउँमा बाक्लो हिउँ परेको छ । 
हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउना साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस सम्म झरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here